कभर स्टोरी

माओबादी केन्द्रका निर्वाचित २ वडा सदस्य सहित ४५ घरका काँग्रेसमा

By Bala Adhikari

November 15, 2017

बाजुरा,कार्तिक २९ । स्थानिय तहको निर्वाचनमा निर्वाचित बुढीगंगा नगरपालिका वडा नं ८ का वडा सदस्य प्रेम ल्वार र वडा नं ८ कै निर्वाचित वडा सदस्य तथा नगर कार्यापालिकाको सदस्य बुक्ची ल्वार नेपाली काँग्रेसका प्रवेश गरेका छन् ।

त्यस्तै साविकको पाण्डुसैन गाविसका माओवादी केन्द्रका अध्यक्ष पूर्ण सार्की र गुठी गाउँका अग्रज एमालेका नेता रंग बोहोरा लगायत ४५ घरधरी नेपाली काँग्रेसका प्रवेश गरेका छन् ।

प्रवेशीहरुलाई नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं १ (क)का उम्मेदवार जनकराज गिरी र बुढीनन्दा नगरपालिका नगर प्रमुख एवंम युवा नेता पदम कुमार गिरीले स्वागत गरेका हुन्। सिमित स्वार्थेका लागि केन्द्रमा माओवादी र एमालेको नेतृत्वमा बामगठबन्धन भए पनि स्थानिय स्तरमा बामगठबन्धन नभएको बताए। स्थानिय स्तरका एमाले र माओवादीका नेताहरु काँग्रेसको पक्षमा उभिएको बताए । आज काँग्रेस निर्वाचन क्षेत्र नं १ को गुठीगाउँ,खड्काबाडा, डाडाबाडा, गुइदेली, अङ्गगाउपानी, शेरा, लमालबाडा हुदैँ गेडगाउँ टोली पुगेको छ । कार्यक्रममा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं। १ (क) का उम्मेदवार जनकराज गिरी, जिल्ला समन्वय समितका सभापति नरेन्द्र कुमार रोकाया, बुढीनन्दा नगरपालिका नगर प्रमुख एवंम युवा नेता पदम कुमार गिरी,महिला नेतृ रितादेवी सिंह, नेविसंघ पूर्व केन्द्रिय सदस्य शिव बोहोरा,वडा ७ का वडाअध्यक्ष अशोक दानी, जिल्ला कार्यसमिति सदस्य हिक्मत बुढा,नेविसंघ केन्द्रिय सदस्य कमल बुढा, तरुण दलका नेता गजेन्द्र कार्की, नेविसंघ बाजुरा काठमाण्डौँ सम्पर्क समिति उपाध्यक्ष दिनेश शाही,वडा नं ६ का वडा अध्यक्ष कृष्णराज पाध्याय लगायत ४ सय बढीको सहभागिता रहेका नेविसंघ बाजुरा काठमाण्डौँ सम्पर्क समिति उपाध्यक्ष दिनेश शाहीले जानकारी दिए ।