आर्थिक

एमाले उम्मेदवार ढकाल विरुद्ध मुद्दा दर्ता

By Bala Adhikari

November 16, 2017

कात्तिक ३० । रसुवा जिल्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन ढकाललाई ठगि मुद्दामा उजुरी परेको छ ।

सूर्य चन्द्र कन्स्ट्रक्सन्स कम्पनीका सञ्चालक पूर्व सासंद एवं रसुवा जिल्लामा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन ढकाल विरुद्ध रूपन्देही जिल्ला अदालतमा ठगि मुद्दा दर्ता भएको हो । रिडि र पाल्पामा सूर्य चन्द्र कन्स्ट्रक्सन्स कम्पनीका लागि आरबि ईट्टा उद्योगले ईट्टा सप्लाई गरे वापतको भुक्तानी चेक वाउन्स भएका कारण आरवि ईट्टा उद्योग वुटवलका सञ्चालक गोविन्द रावलले रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।

वैकिड कसुर ऐन अन्तर्गत वाउन्स चेक जारी गर्ने व्यक्ति वा संस्थालाई ठगि मुद्दामा कारवाही हुने कानूनी व्यवस्था रहेकोछ । २०७३ बैशाखमा दिएको चेक अहिलेसम्म पनि भुक्तानी हुन नसकेको कारण रूपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको आरवि ईट्टा भट्टाका सञ्चालक गोविन्द रावलले बताए ।

पटक पटक सम्पर्क गर्दा पनि आश्वासन मात्र दिएको र पछि सम्पर्कमै नआएका कारण मुद्दा दायर गरेको उनले वताएका छन् ।