खेलकुद

टोरोन्टो ओपन तेक्वान्दोमा नेपाली राष्ट्यि टिम सहभागि हुदैं

By Bala Adhikari

November 16, 2017

लोकसत्ता सम्वाददाताक्यानडा, क्यानडाको टोरोन्टोमा यहि नोभेम्वर १८-१९ तारिखमा हुन गैरहेको टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्यि टिमले सहभागिता जनाउने भएको छ ।

 उक्त प्रतियोगितामा भाग लिन ३ सदस्यीय नेपाली राष्ट्यि टोली गत शुक्रबार टोरोन्टो आइपुगेको छ । नेपाली राष्ट्यि टिम बाट सहभागि हुने तेक्वान्दो खेलाडीहरुम : ४९ केजी मुनी तौल समूह बाट रेजीना कार्की, ५७ केजी मुनी तौल समूहबाटयाम कुमारी चौलागांई र ६७ केजी मुनी तौल समूह बाट ज्ञ्यानी चुनाराले प्रतिष्पर्धा गर्ने छन् ।

इटहरिकी रेजीना कार्कीले काठमाडौं तेक्वान्दो डोजांग बाट ११ बर्ष अघि आफ्नो तेक्वान्दो यात्रा शुरु गरि हाल उनी नेपाल प्रहरीमा संलग्न रहदै आयकि छिन् । उनले राष्ट्यि तथा अन्तराष्ट्यि एशियन प्रतियोगिता, विश्व तेक्वान्दो प्रतियोगिता, कोरियन ओपनमा सहभागिता जनाई साउथ एसियन गेम्समा रजत पदकर माउन्ट एभरेष्ट तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेकि छिन् ।

अर्कि राष्ट्खेलाडी यामकुमारी चौलागाईंले बागदेब तेक्वान्दो डोजांग निजगढ बाट करिव १२ बर्ष अघि तेक्वान्दो सुरु गरेकि हाल नेपाली सेना संग आबद्ध छिन् । उनले एसियन प्रतियोगितामा ३ पटक सहभागिता जनाइ सकेकी छिन् भने माउण्ट एभरेष्ट अन्तराष्ट्यि प्रतियोगितामा १ स्वर्ण र १ रजतपदक हासिल गर्नुका साथै११औं साउथ एसियन गेममा १ कास्य, १२औं एसियन गेममा १ रजत पदक जितिसकेकि छिन् ।

त्यसैगरि सुर्खेतकि अर्कि राष्ट्यि तेक्वान्दो खेलाडी ज्ञ्यानी चुनाराले १० बर्ष अघि बिजेश्वरी स्कुल डल्लु बाट तेक्वान्दो यात्रा शुरु गरेर हाल उनी नेपाली सेना संग आबद्ध छिन् । उनले विश्व तेक्वान्दो प्रतियोगिता, एसियन प्रतियोगिता, साफ प्रतियोगिता, माउण्ट एभरेष्ट अन्तराष्ट्यि प्रतियोगिता लगायत दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा प्रतिष्पर्धा गरिसकेकि छिन् । जसमध्ये उनले माउण्ट एभरेष्टमा १ स्वर्ण र १ रजत, साफ गेममा १ रजतपदक जितिसकेकि छिन् ।टोरोन्टोओपन तेक्वान्दो प्रतियोगिताका लागि हाल उनीहरु ग्रेटर टोरोन्टोको वाईएमसिए, एम्बिसन तेक्वान्दो एकेडेमि, एभरेष्ट तेक्वान्दो एकेडेमि लगायत अर्जेन्टिया तेक्वान्दो एकेडेमिमा बन्द प्रशिक्षणमा रहेको तेक्वान्दोका ग्राण्ड मास्टर राजकुमार राईले बताएका छन् । नेपाली राष्ट्यि टीमका खेलाडीले क्यानडाको अन्तराष्ट्यि प्रतियोगितामा सहभागिता जनाउन लागे को यो पहिलो हो ।

उक्त प्रतियोगितामा भाग लिन आएका टोलि लाई टोरोन्टो पियर्र्सन अन्तराष्ट्यि विमानस्थलमा यूनिभर्सल यूनाईटेड नेप्लिज तेक्वान्दो फेडरेसन -अन्टिएफ) का अध्यक्ष ग्राण्ड मास्टर राजकुमार राई र अन्टिएफ क्यानडा च्याप्टरका बरिष्ठ उपाध्यक्ष मास्टर गिरि बुढाथोकिले स्वागत गरेका थिए ।