कभर स्टोरी

जनार्दन माथि रुकुममा आज फेरि जुत्ता प्रहार

By Bala Adhikari

November 16, 2017

रुकुम, कार्तिक ३० । नेकपा नमाओवादी केन्द्रका नेता तथा निवर्तमान गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा सहीद परिवार की एक महिलाले चुनावीसभामै शर्मालाई आज चप्पल प्रहार गरेकी छन् ।

रुकुमकोबाफिकोट गाउँपालिका नेटाकी शहिद परिवारकी निर्मला खड्काले चप्पलले शर्मालाई हिर्काएको बताइएको छ । आगामी निर्वचनमा रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत रहेका शर्मा चुनावीसभामा सहभागीताका लागी बाफिकोट पुगेका बेला आमसभा स्थलमै खड्काले चप्पल प्रहार गरेपछि कार्यक्रम स्थलमा अचानक तनाव सिर्जना भएको स्रोत ले बताइएको छ ।

सोघटना पश्चात माओवादी केन्द्र निकट वाइसिएलले ब्यापक कुटपिट गरी सख्त घाइते बनाएको बताइएको छ। वाइसिएलको कुटपिटबाट अशक्त बनेकी खड्कालाई प्रहरीले गिरफ्तार गरेर हिरासतमामा राखेको स्थानीय बताएका छन् ।रुकुमबाट चुनाव जितेर मन्त्री भइसक्दा समेत जिल्लाका शहिद परिवारलाई फर्केर नहेर्ने तर चुनावको बेला मात्रै गाउँ-गाउँ पुगेर ठुला कुरा र भाषण छाट्ने भन्दै खड्काले शर्मामाथि बिहिबार दिउसो ४ बजे चप्पलले हिर्काएको बताइएको छ । जनार्दन शर्माकै पार्टीले शहिदहरुको सपनामाथि खेलवाड गरेको भन्दै उनि निक्कै आक्रोशित बनेको प्रत्यक्षदर्शीले बताएका छन् ।बा फिकोटजनयुद्धकालमा जिल्लाकै सबैभन्दा बढी शहिद भएको गाउँपालिकामा पर्दछ ।

यस्तै शर्मामाथि रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा चुनाव प्रचार प्रसारमा रहेका बेला कार्तिक २४ गते बम प्राहार भएकाे थियो । शर्मा मन्त्री हुँदा जनताको काम गर्न नसकेको र जनतालाई न्याय दिन नसकेका भन्दै स्थानीयहरु शर्मा सँग निकै रुष्ट भएको बताइन्छ ।