कभर स्टोरी

डा. शेखरले भित्र्याए माओवादीका केन्द्रिय नेता सहित सयौं, मोरङ क्षेत्र न ६ मा गठबन्धनलाई झड्का

By Bala Adhikari

November 17, 2017

माओवादीमा राम्रै पहुँचवाला पार्टी भित्र स्थापित भएका मोरङ क्षेत्र न ६ का कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेपछि कम्युनिष्ठ गठबन्धनलाई ठूलो झड्का लागेको छ ।

अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका सम्पूर्ण पदाधिकरीहरु एकमुष्ठ रुपमा कांग्रेसमा प्रवेश गरेका छन । प्रवेशीहरुलाई मोरङ ६ का प्रतिनिधि सभा उम्मेदवार डा शेखर कोइरालाले अविर लगाएर स्वागत गरेका छन् । विराटनगरको मानगढ (पुष्पलाल चौक) मा शुक्रवार आयोजित चुनावी सभामा समर्थक १ सय २७ ई रिक्सा चालकहरु कांग्रेसमा प्रवेश गरेको दिनेशचन्द्र थपलियाले जानकारी गराएका छन् ।

अखिल नेपाल क्रान्तिकारी संघ (ई) रिक्सा चालक संघका केन्द्रीय सदस्य महेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा सम्पूर्ण पदाधिकारीहरुले कांग्रेस प्रवेश गरेको घोषणा गरेका हुन् । अध्यक्ष श्रेष्ठले लोकतन्त्रको कपडा लगाएर वाम गठबन्धनले जनतालाई झुक्याइरहेको आरोप लगाएका छन् । गठबन्धन कहिले लोकतान्त्रिक हुन नसक्ने जिकिर गर्दै उनले भने , हाम्रो यो ऐतिहासिक प्रवेशले मोरङ ६ का उम्मेदवार डा कोइरालालाई विजय गराउने अथक प्रयास रहने छ ।

यस क्षेत्र मा कांग्रेसबाट डा शेखर कोइराला उम्मेदवार खडाभएपछि विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुको लर्को लाग्ने गरेको छ । विराटनगर ७ , ११ र १२ वडाका करिव ८ सय एमाले र माओवादीका कार्यकर्ताहरु दुइ साता अघि कांग्रेसमा प्रवेश गरिसकेका छन । आफ्ना प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका एमालेका लालवावु पण्डित भन्दा झण्डै ४ हजार फराकिलो मत अन्तरले अघि रहेका डा कोइरालाको पक्षमा जनमत दिनहुँ बढदै गएको छ ।

कांग्रेस वाहुल्य क्षेत्र रहेको मोरङ ६ साविक क्षेत्र न ७ वाट डा कोइराला २ पटक संविद्यान सभाको निर्वाचनमा विजयी भैसकेका छन । डा कोइरालाले मोरङ ६ का मतदाता विच १७ वुँदे प्रतिवद्धता राखी भोट माग्दै जनताका सुख दुःखमा साथ दिने वाचासहित घर दैलो कार्यक्रममा व्यस्त छन् ।