कभर स्टोरी

अमात्यले भित्राए १५० काँग्रेसमा, कम्युनिष्ट गठबन्धनमा खैलाबैला

By Bala Adhikari

November 18, 2017

ललितपुर, मंसिर २ । ललितपुर जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा कांग्रेस प्रवेश गर्नेको संख्या ह्वात्तै बढ्न थालेको छ ।

ललितुरको सानेपामा आज एक कार्यक्रम गरी नेपाली काँग्रेस ३ नं क्षेत्रका प्रतिनिधि सभा का उमेदवार नेपाली कांग्रेस ललितपुर जिल्ला पार्टी सभापति मदन अमात्यले १५० जनालाई पार्टी प्रवेश गराएका छन् । पार्टीमा नवप्रवेशी लाई स्वागत गर्दै उक्त कार्यक्रम सम्बोधनका क्रममा मदन अमात्यले कम्युनिष्ट गठबन्धनका उमेदवारले हारको मानसिकताले अनेकन आरोप लगाएको बताएका छन्। लोकतान्त्रिक गठबन्धनले जित्ने निश्चित देखे पछि कम्युनिष्ट डरले सल्बलाउन थालेको अमात्यले बताए ।

राजनीति पेशा नभई समाज सेवा भएको उल्लेख गर्दै कायुनिष्ट गठबन्धनका उमेद्वारले राजनीति ठगी खाने भाँडो बनाएको आरोप लगाएका छन् । राजनीतिलाई भज्याएर खानु पाप र जनता माथि घोर अन्याय भएको बताउँदै जनताको सेवा नै राजनिती हो तर लुटेर, मागेर खानु अन्याय हो अमात्यले भने । कांग्रेसले मात्र ललितपुर जिल्लाको हरेक समस्या समाधान गर्न सक्ने र सामाधान गर्दै आएको अमात्य ले बताएका छन् । अमात्यले नेता जनता सामु भोट माग्न आउदा हिजो गरेका काम के हुन् र कस्तो छवि भएको नेता हो उसको राजनीतिक पृष्ठ भूमि कस्तो छ भन्ने बारे सबै मतदाता सचेत हुनु पर्ने बताएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने यस जिल्लामा कम्युनिष्ट गठवन्धनका उमेदवार जनताको भावना नबुझ्ने र पैसाका लागि मात्र काम गर्ने भएको भन्दै दिनहुँ सयौको संख्यामा युवाहरु कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसरी दिनहुँ सयौको संख्या आफ्ना कार्यकर्ता काँग्रेसमा प्रवेश गर्दा कम्युनिष्ट गठबन्धन भित्र खैलाबैला सुरु भएको छ ।