ललितपुर, मंसिर ३ । निर्वाचन सम्पन्न भएपछि देशले आर्थिक विकासमा फड्को मार्ने अर्थराज्यमन्त्री एवं लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशम्शेर राणाले बताएका छन् ।
गोदावरी नगरपालिका–२ विशंखुनारायणमा भएको चुनाव प्रचार प्रसार अभियान अन्तर्गत भएको घरदैलो कार्यक्रममा जुटेका राणाले देशलाई द्रुत गतिमा अगाडि बढाउन निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको आवश्यक रहेको बताएका छन् ।
उक्त अवसरमा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पूर्वजिल्ला कोषाध्यक्ष चिनियाँराम विष्टसहित २६ जना र नेकपा(एमाले)का सक्रिय कार्यकर्ता सञ्जय सिलवाल नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।