कभर स्टोरी

विकसित लुम्बिनीका लागि हाम्रो उमेदवारी : बोहोरा

By Bala Adhikari

November 20, 2017

बुटवल,मंसिर ४ । स्वास्थ्यमन्त्री दीपक बोहोराले रुपन्देहीलाई नेपालकै नमूना जिल्ला बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

बुटवल उपमहानगरपालिका–१४, १५ र १६ मा लोकतान्त्रिक गठबन्धनको आइतबार प्रचारप्रसार कार्यालयको उद्घाटन कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट रुपन्देही जिल्लाको क्षेत्र नं ३ का प्रतिनिधिसभाका साझा उम्मेदवारको रुपमा मैदान मा रहेका मन्त्री बोहोराले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि रुपन्देहीको आर्थिक र सामाजिक विकासले गति लिने स्पष्ट परेका छन् ।

रुपन्देहीजिल्ला क्षेत्र नं ३ का प्रादेशिक उम्मेदवार हरिध्वज मल्लले आफू स्थानीयवासीसमेत भएको र स्वास्थ्य, शिक्षा तथा कृषिमा धेरै योजना ल्याएको कारणले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

नेपाली काँग्रेसबाट रुपन्देही निर्वाचन क्षेत्र नं ५ का प्रतिनिधिसभाका उम्मेदवार भरतकुमार शाहले मायादेवी गाउँपालिकाको धमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनीको विकास भए स्वतः यस क्षेत्रकोे विकास हुने भन्दै अब निर्वाचित भएपछिको आफ्नो ध्यान लुम्बिनीको विकासमा मात्र जाने बताएका छन् ।

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ५ का उम्मेदवार फखरुद्दिन खानले आफूसँग लुम्बिनीको विकास गर्ने भिजन भएकाले उम्मेदवारी दिएको बताएका छन् ।

विकसितलुम्बिनीका लागि जनताले एक पटक कांग्रेसलाई विश्वास गरी मतदान गरे सबैको चाहाना अनुरूप काम हुने सबै उमेदवारले वचन बद्धता जाहेर गरेका छन् ।