दृष्टिकोण

अब्बल उम्मेद्वार फेरी जित्दै छन् राजेन्द्र कुमार के.सी.(राजन)

By Bala Adhikari

November 28, 2017

– राजेन्द्र प्रसाद पाठक

दोश्रोे संविधानसभाको निर्वाचनलाई आँकलन गर्ने हो भने जो कोहीलाई काहाली लाग्न सक्दछ । किन की त्यतीबेला दशबर्षे कथित जनयूद्धबाट भर्खरमात्र शान्ति प्रकृयामा समाहित भएका १७०० निर्दोष जनताका मृत्युका कारक, लाखौं लाख अपांङ्ग र विधुर ,विधवाका कारक , लाखौं विस्थापित र घरवार विहीन निरीह जनता सावित गर्ने उग्रवेताली सन्दर्भ निर्माणका कारक , राजनीतीका नाममा नष्ट नृसिंस घटनाका संयोजकलाई समेत किंञ्चित नमान्ने लोकतान्त्रीक प्रतिनिधी पात्र हुन राजेन्द्र कुमार के.शी.उर्फ राजन ।

स्थानीयले सच्चा भुमीपुत्र सम्झीएका पात्रका रुपमा चिर परिचीत मानिन्छन् राजेन्द्र केसी । हुनत समग्र राजधानी नै साविकको छैहत्तरौं जिल्ला र हालको अठहत्तरौं जिल्लाका रुपमा परिचीत अन्तरदेशिय,अन्तरजिल्ला समावेशी समाजका रुपमा समेत परिचीत छ यो ठाउँ । संसार भरीकै आँकडालाई हेर्ने हो भने राजधानीको सामाजिक प्रकृती नै यस्तै हुन्छ । सबैतिरबाट अवसरको खोजीमा आउनेहरुको मिश्रीत बसोबासका कारण यसो हुन गएको हो । त्यसैले अन्यत्रबाट आएर बसोबास गर्नेहरुको आँखामा समेत रत्तीभर नबिझाएका राजनैतिक पात्रका रुपमा उभिन त्यत्ती सहज नहोला जो कोहीलाई । तर पनि उनका लागी भने यस्ता कार्यहरु दिनचर्या नै भएका छन् । हर कोहीको बिपतका साझेदार हुँदै आउनु भएका सर्वसम्मत नेतृत्वका रुपमा के.शी.लाई यस क्षेत्रले स्विकार गरेको छ । हुन त उनका प्रतिद्वन्दी बाम गठबन्धनका उमेद्वार रहनु भएमा क. हितमान शाक्यलाई पनि धेरैले बौद्धिक उमेद्वारका रुपमा लिने गरिएको पाईयो । तर पनि सांङ्गठनीक गतिबिधी र अन्य सामाजिक सहभागीताको आधारलाई मध्यनजर गर्ने हो भने शाक्य भित्र त्यस्तो खालको अग्रसरता कमै मात्रामा पाईएको छ । यि सबै किसीमका आधारहरुलाई पहिल्याउने हो भने पनि क.शी. कै पल्ला भारी हुने देखिन आउँछ । समाजले कुनै पनि मत निर्धारण गर्दा समावेश हुने संयत्र भनेका पुर्ण सामाजिकता नै हो । समाजमा घुमिल हुन र सामाजिक बन्नका लागी पद र प्रतिष्ठा नै हुनु पर्दछ भन्ने होईन । त्यसैले जो कोहीले समाजको प्रतिनीधीका लागी आकाँक्षा राख्नु भन्दा अगाडी आफ्नो सामाजिक प्रतिष्ठा निर्माण गर्नु जरुरी देखिन्छ । शाक्यका लागी आगामी निर्वाचनमा मात्र यो संम्भव होला जस्तो देखिन्छ । अहिले देखिनै उनले सामाजिकीकरणको अभियान निरञ्तर रुपमा अघी सार्दै आफुलाई निस्वार्थ रुपमा सामाजिक अभियन्ताका रुपमा अगाडी बढाउन सके भने आगामी निर्वाचनमा उनको भुमिकालाई अवश्यमेव जनताले कदर गर्ने नै छन् ।

आजको घडी सम्म समाजमा गुण लगाउने पुर्ण सामाजीक पात्रका रुपमा उभिएका राजेन्द्र कुमार के.शी हालसम्मका निर्विकल्प उमेद्वारलाई नै फेरी एकपल्ट जनसेवाका लागी हाजिर गराउने जनचाहना अनुरुप नै नेपाली काँग्रेश पार्टीले उनलाई आफ्नो आधिकारीक उमेद्वार चयन गरेको हो । काठमाण्डौमा अन्य केही नाम चलेका उमेद्वारहरुका रुपमा क्रमशः प्रकाशमान सिंह उनी लौह पुरुष विर गणेशमान सिंहका सुपुत्र समेत हुन् । यसैगरी डा.प्रकाश शरण महत , गगन थापा , नबिन्द्र राज जोशी ,ध्यानगोबिन्द रञ्जित , दिपक कुईंकेल , लगायत सम्पुर्ण लोकतान्त्रीक उमेद्वारहरु आफैमा काविल पात्रहरु हुन् । अन्य गठबन्धनका उमेद्वारलाई पनि आ–आफ्ना गच्छेअनुसारको सम्मान जनताले गर्ने नै छन् भन्ने बिश्वास राख्न सकिन्छ । तर पनि यो लोकतन्त्र र साम्यवाद उन्मुख गणतन्त्रात्मक ब्याबस्थापकिय चुनाव भएका कारण जनताले भावनामा बगेर होईन भविष्यलाई हेरेर मतदान गर्ने कुरालाई अघी सार्नुपर्ने देखिन्छ । स्मरण रहोस् यस आसन्न निर्वाचनले आगामी पुस्ताको स्वतन्त्रताको भविष्यलाई धावा बोल्न नसकोस् । सत्तरीबर्ष देखिको संघर्षले प्राप्त भएको लाकतन्त्रलाई भावनामा होईन , भाग्यसँग तुलना गर्दै नागरीक स्वतन्त्रतालाई बिकाशका नाममा आएको छदम्भेषी अमुकतालाई कदापी विश्वाश गर्न सकिने अवस्था होईन यो भन्ने कुरालाई हाम्रा जागरुक मतदाताहरुले मध्यनजर गर्नु हुने नै छ भन्ने सबैको आषा छ ।

हाम्रा बिकाशप्रेमी , सादगी , सौम्य , सामाजिक अनुहारहरुलाई नै सभ्य समाजको अतुलनीय मत प्राप्त हुने कुरामा सबैले बिश्वाश गरेकाछन् । यस राजधानी शहर काठमाण्डौ दश नम्बर क्षेत्र किर्तीपुर नगरपालीका , दक्षिणकाली नगरपालिका लगायत चन्द्रागीरी नगरक्षेत्र समेत समेटीएको यस बिशाल भूभाग लगायत संम्पूर्ण देशकै राष्ट्रिय नेताको छवी निर्माण गर्न सफल राजनेता श्री राजेन्द्र कुमार के.सी. उर्फ राजन आगामी दिनमा समेत यस क्षेत्रका र संम्पुर्ण देशकै सेवामा तल्लीन पात्रका रुपमा समावेश भैसकेका र हुने पात्रका रुपमा उभिनका लागी संम्पुर्ण राष्ट्रप्रेमी जनसमुदायको समावेशी आधार हुन जरुरी छ । अस्तु !