काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका कार्यकर्ताले पाल्पाको रामपुरमा मतदातालाई बाड्नको लागि लैजादै गरेको अवस्थामा चामलका बोरा सहितको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
एमालेको झण्डा बाँधिएको एमाले नेता राजन पोख्रेललको ना ५ ख ५७९९ नं. को गाडीमा झण्डै १५ बोरा चामल, वियर, नुन, तेल लगायतका खाद्य तथा पेय पदाथृ रामपुर नगरपालिकाको वडा नं। ४ मा पर्ने सिताकुण्डमा लैजादै गर्दा नियन्त्रणमा लिइएको हो । एमालेका तर्फबाट रामपुरको उपमेयरकी उम्मेदबार दुर्गा रानाका श्रीमान् टिकाराम रानाले बसपार्कमा रहेको पसलबाट अर्डर गरेर ती सामानहरु लगिएको प्रारम्भीक अनुसन्धनबाट खुलेको छ ।
गाडीमा एमालेको बडा नं. चारका उम्मेदबार सहितका केही कार्यकर्ताहरु पनि रहेका थिए । उनीहरु सहित गाडी र खाद्य तथा पेय पदार्थलाई तरुण दलका नगर सभापति शंकर खाँणको टोलीले गाँमडाडा भन्ने ठाँउबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको हो । गाडीमा एमालेका कार्यकर्ता भएको, एमालेको झण्डा बाधेको, उपमेयरका उम्मेदबारको श्रीमानले सामान अडर गरेको लगायतका कारणले ती सामानहरु एमालेले वितरणकै लागि लगेको अनुमान गरिएको छ ।