कभर स्टोरी

भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा : रक्षामन्त्री

By Bala Adhikari

November 29, 2017

आफू पनि भष्ट्राचार नगर्ने र अरुलाई पनि गर्न नदिइने रक्षामन्त्री तथा नेपाली काँग्रेसबाट काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा प्रतिनिधिसभा सदसय उम्मेदवार भीमसेनदास प्रधानले बताएका छन् ।

चुनावी अभियानका क्रममा उक्त क्षेत्रका वुद्धिजीवी, प्राध्यापक र शिक्षकसँग बुधबार अन्तक्र्रिया गर्दै मन्त्री प्रधानले देशलाई भष्ट्राचारमुक्त बनाउने अभियानमा आफुले सधैं प्रयास गरिरहने बताउँदै सुशासन, समृद्धि, स्थायी सरकार र भ्रष्टाचारको अन्त्य काँगे्रसको प्रमुख एजेण्डा रहेको र त्यसका लागि लागि आफु प्रतिवद्ध रहेको बताए ।

नेता प्रधानले सडक मर्मत गर्ने, आफ्नो क्षेत्रका विद्यालयको भौतिक पूर्वाधार र स्तरोन्नति गर्दै विद्यार्थीको विकासका लागि मिलेर काम गर्ने, प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको जनाएका छन् ।

उनले विसं २०७० को संविधानसभा निर्वाचनमा नेकपा(एमाले)का उम्मेदवार योगेश भट्टराईलाई पराजित गरेका थिए । यस पटक उनको विरुद्धमा कम्युनिष्ट गठबन्धनका तर्फबाट भक्कु सुवेदी मैदानमा छन् ।