ललितपुर । ललितपुर महानगरपालिका ३ पुल्चोकका बुद्धिजिविहरुले ललितपुर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका मदनबहादुर अमात्यलाई फूलमाला अविर लगाउदै लोकतन्त्रको लागि आफूहरुले कांग्रेसलाई भोट दिने जनाएका छन् ।
घरदैलो कार्यक्रम अन्तर्गत अमात्य आइतवार विहान पुल्चोक पुगेका थिए ।उनलाई पुल्चोकका स्थानीयबासीहरुले भव्य स्वागत गरेका थिए । आमात्य जाँहा जाहाँ पुग्थे,स्थानीयबासीहरुले अमात्यलाई फुल अविर लगाउने गर्थे । दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मौन अबधि शुरु हुनै लाग्दा अमात्यले घरदैलो कार्यक्रम,कोण सभा र मतदाताहरुसंगको भेटघाटलाई तीब्रता दिएका छन । उनी आइतवार दिनभर घरदैलो र भेटघाटमा व्यस्त भए । पुल्चोकको घरदैलो कार्यक्रममा स्थानीय बुद्धिजिविहरुले आफूहरु लोकतन्त्रको पक्षमा रहेको जनाएका थिए । उनीहरुले भने, ‘हामी लोकतन्त्रको पक्षमा छौ ।अधिनायकबादको पक्षमा छैनौ । लोकतन्त्र जोगाउन पनि नेपाली कांग्रेसलाई भोट दिन्छौ ।’ बुद्धिजिविहरुसंगको भेटघाट पछि अमात्यले भने, ‘यो चुनाव केबल चुनाव मात्र नभइ मुलुकमा लोकतन्त्र छान्ने कि अधिनायकबाद छान्ने भन्नेवारेमा जनमत संग्रह पनि हो । ’उनले भने, ‘कांग्रेसले हा¥यो भने लोकतन्त्र हार्छ । लोकतन्त्र जोगाउन पनि कांग्रेसलाई जिताउनु होस ।’
अमात्यले ललितपुर महानगरपालिकाको खानेपानीको समस्या सामधान गर्ने प्रतिबद्धता जनाएका थिए ।उनले ललितपुर ३मा खानेपानी समस्या सामधानको एजेण्डालाई पहिलो प्राथमिकतमा राखेका छन । बुद्धिजिविहरुले भने अमात्यसंग खाशै समस्या सुनाएका थिएनन ।उनीहरुको चिन्ता लोकतन्त्र राख्ने कि लोकतन्त्र मास्ने भन्नैमै थियौ । उनीहरुको भनाइ थियो,‘अहिले हाम्रो चिन्ता मुलुकमा अधिनायकबाद आउछ कि भन्ने नै हो । अधिनायकबादलाई रोक्नु हाम्रो पहिलो काम हो । ’ लोकतन्त्र ल्याउन पुल्चोकका जनताले गरेको योगदानको सस्मण गर्दै उनीहरुले भने, ‘लोकतन्त्र ल्याउन हामीले धेरै दुख मिहनेत गरेका छौ । ’ २०४६सालको आन्दोलन र २०६२/६३सालमा पुल्चोकका जनताले गरेको योदागनको सस्मरण गर्दै उनीहरुले भने, ‘कम्युनिष्टले जिते भने लोकतन्त्र मासिन्छ । ’
एमाले र माओवादीको गठबन्धनको उदेस्य नै मुलुकमा अधिनायकबाद ल्याउनु रहेको भन्दै उनीहरुले प्रश्न गरे, ‘अधिनायकबाद आयो भने लोकतन्त्रको लागि फेरि पनि हामीले संघर्ष गर्नु पर्ने हुन्छ । लोकतन्त्रको लागि सधै लडिरहने हो भने विकास कहिले गर्ने ?’ अबको समय विकास र सम्बृद्धिको लागि खर्च गर्नु पर्ने उनीहरुको भनाइ थियो । घरदैलो कार्यक्रममा ललितपुर ३ (ख)का प्रदेश सभा उम्मेदवार शिवराम बानीया, प्रतिनिधि सभाका समानुपातिक उम्मेदवार प्रकाशनन्दन जोशी, प्रदेश सभाकी समानुपातिक उम्मेदवार उर्मिला केसी लगायतका स्थानीय नेताहरु पनि अमात्यसंगै घरदैलो कार्यक्रममा पुल्चोक पुगेका थिए ।
सोमवार बृहत सभा
यसैगरी, नेपाली कांग्रेस ललितपुर जिल्ला प्रचार प्रसार मुल समितिले सोमवार दिउसो १ वजे ललितपुरको लगनखेलमा बृुहत सभा राखेको छ । मौन अबधि शुरु हुुन भन्दा केही घण्टा अघि मात्र शुरु हुने सो बृहत सभामा प्रतिनिधि सभा,प्रदेश सभाका उम्मेदवारहरु, तथा जिल्ला नेताहरुले सम्बोधन गर्ने भएका छन् ।सो आमसामा सहभागी हुन ललितपुर कांग्रेसले ललितपुरबासीसंग आग्रह गरेको छ ।