कभर स्टोरी

अलैँची खेतीको गुणस्तरका लागि अलैँची कृषक पाठशाला संचालन

By Bala Adhikari

December 05, 2017

इलाम, मंसिर १९ । अलैँची खेतीबारे जानकारी बढाउने उदेश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको छ ।

इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका–५ स्थित जमुनामा कृषकलाई अलैँची खेतीको गुणस्तर र उत्पादनमा वृद्धि गराउने उद्देश्यले अलैँची कृषक पाठशाला सञ्चालन गरिएको हो । हाँगेथाम ढाप कृषि कृषक समूहले उन्नति समावेशी वृद्धि कार्यक्रमको सहयोगमा अलैँची कृषक पाठशाला सञ्चालन गरेको अध्यक्ष बिप्लव भट्टराईले जानकारी गराए । उक्त पाठशालामा व्यवसायिक रुपमा अलैँची खेतीमा लागेका यस क्षेत्रका ४५ अलैँची कृषकहरु समेटिएका छन् ।

सो पाठशालाबाट अलैँची खेतीको उत्पादन कसरी बढाउने, यसको गणुस्तरमा कसरी सुधार ल्याउने तथा विभिन्न किसिमका रोग लागेको खण्डमा रोग नियन्त्रण कसरी गर्ने लगायतका विषयमा कृषकलाई सिकाउन सजिलो हुने देउमाई नगरपालिकाका नगर कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले बताए ।