ललितपुर, मंसिर २० । उपत्यका दुई भक्तपुर र काठमाडौं जिल्लाका कुनै मत केन्द्र संवेदनसिल नभए पनि ललितुरस्थित ११ वटा मतदान स्थललाई प्रहरीले अति संवेदनशील सूचीमा राखेको छ ।
ललितपुरको दुर्गम गाउँमा पर्ने मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको प्रहरीले जानकारी गराएको छ । धेरै मतदाता भएका र दुर्गममा रहेका मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी गराए ।
अति संवेदनशील मतदान स्थलमा केहीमा प्रहरी निरीक्षक तथा केहीमा प्रहरी नायव निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । झडप हुने सम्भावना रहेका स्थानलाई पनि अति संवेदनशील सूचीमा राखिएको छ । सुरक्षाको दृष्टकोणबाट ललितपुरका ५७ मतदान स्थललाई संवेदनशील र बाँकी ६३ स्थललाई सामान्य सूचीमा राखेको छ ।