कभर स्टोरी

बाबुरामको जित निश्चित बन्दै, नारायणकाजी लाग्यो झड्का

By Bala Adhikari

December 08, 2017

गोरखा, २२ मंसिर । शुक्रबार १२ बजे को अपडेटअनुसार भट्टराई १ हजार ५ सय ७६ मतले अगाडि छन् । भट्टराईले ८ हजार ७ सय ९५ मत ल्याएका छन् भने श्रेष्ठले ७ हजार २ सय ११ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं. २ मा ६० हजार एक सय ९ मत खसेको थियो । हाल गोरखा नगरपालिकाको ८ देखि १४ नम्बर वडा, पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिका क्षेत्र नम्बर २ मा पर्छ । यी ५ वटै स्थानीय तहको मत मिसाएर गणना गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कडा प्रतिष्पर्धा भइरहेको गोर्खा क्षेत्र नं. २ का प्रतिष्पर्धीहरु नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ यतिबेला काठमाडौंमा छन् । भट्टराई र श्रेष्ठले काठमाडौंबाट मतगणनाको जानकारी लिइरहेका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आउने निश्चित भएपछि मात्रै उनीहरुमध्ये एक गोरखा जानेछन् । गोर्खाका अन्य उम्मेदवाहरु भने मतगणना स्थलमै रहेका छन् ।

पछिल्लो मतगणना नतिजाअनुसार गोरखामा नयाँ शक्तिका प्रदेशसभाका उम्मेदवार हरिशरण आचार्यले पनि अग्रता हासिल गरिरहेका छन् । आचार्यले ३९१९ मत ल्याउँदा वामगठबन्धनकी कमला नहर्किले ३४८१ मत प्राप्त गरेकी छन् । हालसम्म ७८५८ मत गनिएको छ । अन्य स्थानमा वाम गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ । ९साझा पोस्ट०