कभर स्टोरी

हरिराज भारी बने चीनकाजीका लागि

By Bala Adhikari

December 10, 2017

गोरखा–१ मा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई भारी अन्तरले बाम गठबन्धनका उम्मेदवार माओबादीका नेता हरिराज अधिकारीले पराजित गरेका छन् ।

कुल ६३ हजार ६१९ मत खसेकामा अधिकारीले २९ हजार ८३० र श्रेष्ठले २६ हजार ९३३ मत प्राप्त गरी हार बेहोर्नु पर्यो । अधिकारीले तीन हजार २१७ मतान्तरले श्रेष्ठलाई पराजित गरेका थिए । यस क्षेत्रमा चार हजार ३३५ मत बदर भएको थियो ।