कभर स्टोरी

उदयपुरमा काँग्रेसका डा खड्काको ह्याट्रिक

By Bala Adhikari

December 11, 2017

उदयपुर, मंसिर २५ । यही मंसिर २१ गते भएको निर्वाचनमा उदयपुर जिल्लाको क्षेत्र नं १ मा प्रतिनिधिसभाको सदस्यका लागि नेपाली काँग्रेसका उम्मेदवार डा नारायण खड्का विजयी भएका छन् ।

उनी निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका मञ्जुकुमारी चौधरीलाई पछि पार्दै ३३ हजार १४२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनकी प्रतिद्वन्द्वी चौधरीको पक्षमा ३२ हजार ५९४ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । काँग्रेसका डा खड्काले मञ्जुकुमारीलाई ५४८ मतको अन्तरले हराएका छन् ।

२०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गरेका खड्काले यो पटक हाट्रिक नै गर्न सफल भए ।

अहिलेसम्मको मत परिणाम हेर्दा क्षेत्र नं २ मा वाम गठबन्धनको कब्जामा गएको छ भने क्षेत्र नं १ मा प्रदेशसभा (ख) २ र प्रतिनिधिसभामा काँग्रेसले विजय हासिल गरेको छ भने क्षेत्र नं १ कै (क) १ प्रदेशसभामा वाम गठबन्धनको जित भएको छ ।