कभर स्टोरी

देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य चुनौती : दाहाल

By Bala Adhikari

December 11, 2017

चितवन, मंसिर २५ । जनताले वाम गठबन्धनलाई चुनौतीसहितको जिम्मेवारी दिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बताएका छन् ।

अध्यक्ष दाहालले जनताले समृद्धि र विकास चाहेकाले अहिलेको चुनौती र अभिभारा पूरा गर्न वाम गठबन्धनको सरकारले पाँच वर्षमा धेरै काम गर्नुपर्ने बताए । उनले अब देश समृद्धितर्फ अघि बढेको बताउँदै वाम सरकारले पाँच वर्षमा राम्रा काम गर्न सके ५० वर्ष देशमा वामपन्थीले शासन चलाउने भने ।

अध्यक्ष दाहालले देशको भौतिक विकास र जनताको जीवनस्तर विकास अहिलेको मुख्य काम रहेको उल्लेख गरेका छन् । उनले सरकार गठन अघिनै नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच पार्टी एकताको पहल हुने बताए । आफू काठमाडाँै फर्किएलगत्तै पार्टी एकता समन्वय समितिको बैठक राखी यसलाई टुङग््याउने भन्दै उनले पार्टी एकताका विषयमा कुनै आशंका नराख्नुस, यो आशंका इतिहास बन्छ उनले भने ।

अब देशको भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषयमा छलफलबाट टुंगो लाग्ने उनले बताए । ठूलो पार्टीको हिसाबले केपी ओलीको दाबी हुनु स्वभाविक रहेको बताउँदै उनले पार्टीका शीर्ष नेता हार्नुका कारण खोजिने र मिलाएर लैजाने बताए ।