काठमाडौँ, मंसिर २९ । बंगलादेशमा आयोजना हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) च्याम्पियनसिपमा सहभागीता जनाउनका लागि आज नेपाली टोली त्यसतर्फ गएको छ ।
आगामी पुस २ गतेदेखि सञ्चालन हुने सो प्रतियोगितामा सहभागीता जनाउन २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी लगायतले सफलताको कामनासहित बिदाइ गरेका छन् । पुस ९ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटान लगायतको सहभागीता रहने छ ।
पुस २ गते प्रतियोगिताको उद्घाटनका अवसरमा नेपालले आफनो पहिलो खेल बंगलादेशसंग सामना गर्ने भएको छ भने दोस्रो खेल पुस ४ गते भारत र ६ गते भुटानसंग सामना गर्नेछ ।