काठमाडौँ, पुस ३ । देश र जनतालाई समृद्ध बनाउन कृषि, भौतिक पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास गर्नुपर्ने कुरामा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले जोड दिएका छन् ।
नेता नेपालले मुलुकमा रोजगार वृद्धि गर्न यस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । उनले स्थानीय तहमा युवा उद्यमशीलता तथा महिलाका लागि घरेलु उद्यमका कार्यक्रम सञ्चालन गर्न विभिन्न आर्थिक परियोजनाको आवश्यकता रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनामार्फत सामाजिक सशक्तीकरण सम्भव रहेको धारणा व्यक्त गरे ।
शंखरापुर नगरपालिकाको ऐतिहासिक महत्वलाई प्रवद्र्धन गर्न त्यस क्षेत्रमा ठूलो शंख बनाउने प्रतिबद्धता व्यक्त गर्दै जोरपाटीदेखि साँखुसम्मको सडक विस्तार चाँडो सम्पन्न गर्न आफूले भूमिका निर्वाह गर्ने बताएका छन् ।