आर्थिक

भट्टद्वारा पत्रकार महासंघ बैतडीलाई तीन लाख बराबरको जग्गादान

By Bala Adhikari

December 21, 2017

बैतडी, पुष ६ । नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्टले रु तीन लाख बराबरको जग्गादान गरेका छन् ।

बैतडीमा विसं २०५९ मा स्थापना गरिएको नेपाल पत्रकार महासंघको शाखाको आफ्नो भवन नहुँदा समस्या भइरहेका बेला स्थानीय बासि भट्टले तीन आना जमिन दान गरेको पत्रकार महासंघ शाखा बैतडीका सचिव नरी बडुले बताएका छन् ।

रु तीन लाख बराबरको जग्गादान गरेको र दान गरेको जमिनमा केही दिनभित्र नै महासंघको भवन निर्माण कार्य थालिने सचिव बडुले जानकारी गराए ।१५ वर्षपछि अब महासंघको आफ्नै भवन हुने भएको छ । जग्गादान गरि सहयोग गरेका भट्टलाई पत्रकार महासंघ बैतडी शाखाले धन्यवाद व्यक्त गरेको छ ।

सदरमुकाम नजिकै पल्लाचौडाली भन्ने ठाउँमा रहेको उक्त जग्गा बुधबार जिल्ला मालपोत कार्यालयमार्फत पत्रकार महासंघको नाममा पास गरेको हो ।