कभर स्टोरी

केन्द्रीय समिति, महासमितिको बैठक बोलाउन शेखरको माग

By Bala Adhikari

December 22, 2017

विराटनगर, पुस ७ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अविलम्ब बोलाउन नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापतिसँग माग गरेका छन् ।

विराटनगरमा आज कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनमा पार्टीको पराजयका विषयमा विस्तृत रुपमा छलफल गर्न र आगामी दिनमा महासमितिको बैठक बोलाउनका लागि सो बैठक आवश्यक रहेको प्रष्ट्याएका छन् । उनले अहिले पार्टीको संरचनालाई बलियो बनाउनका लागि प्रत्येक प्रदेशको साङ्गठनिक संरचना बनाउनुपर्ने विषयमा जोड दिँदै कोइरालाले अब पार्टीको सङ्गठन टोल–टोलसम्म पु¥याउनुपर्ने विषयमा जोड दिएका छन् ।

पार्टीभित्रैबाट अन्तर्घात भएका कारण आपूm लगायतका नेपाली कांग्रेसका शीर्ष नेता तथा हस्तीहरु बाम गठबन्धनसँग निर्वाचनमा पराजित भएको बताउँदै त्यस्ता अन्तर्घात गर्नेहरुलाई राजनीतिक रुपमा बहिष्कार गर्नुपर्ने आवश्यकता रहेको ठहर गरेको बताएका छन् ।

उनले काँग्रेस अब पाँच वर्षसम्म बलियो विपक्षीको भूमिका निर्वाह गर्दै पार्टीको सङ्गठनमा बढी केन्द्रित हुने प्रष्ट्याएका छन् । पार्टीको महाधिवेशनमा पार्टी सभापति पदका लागि उठ्ने चर्चाको सम्बन्धमा आपूm राजनीतिक मान्छे भएकाले ईच्छा राख्नु स्वाभाविक भएको बताएका छन् ।