काठमाडौं, पुष ९ । प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।
प्रकाशित/प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको पत्रकार महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सो विज्ञप्तीमा यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्याउने महासंघको ठहर रहेको उल्लेख गरिएको छ ।
महासंघले यस किसिमका घटना नदोहोर्याउन र पत्रकारलाई निर्वाध ढंगबाट काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।