कभर स्टोरी

हालै सम्पन्न निर्वाचनले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने राष्ट्रपतिको विश्वास

By Bala Adhikari

December 25, 2017

काठमाडौँ, पुष १० । क्रिसमसको अवसरमा शुभकामना प्रदान गर्दै नेपालमा मनाईने हरेक चाडले राष्ट्रिय एकता तथा धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।

विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतीबीच प्रगाढ सम्बन्ध रहेको बताउँदै राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै यो पर्वले सबै नेपालीबीच वन्धुत्व, प्रेम र एकताको भावना वढाउँदै शान्त समुन्नत नेपाल बनाउन प्रेरणा प्राप्त होस् भन्ने कामना गरेकी छिन् ।

उनले हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको चुनावले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने तथा यसबाट मुलुकमा राजनीतिक स्थायीत्व प्राप्त हुने विश्वास व्यक्त गरेकी छिन् । आगामी दिनमा हुने मुलुकको विकास र समृद्धिमा सबैले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न सके छिटो प्रगती हुने राष्ट्रपति भण्डारीको विश्वास छ ।

प्रधानमन्त्री शेरवहादुर देउवाले पनि सम्पूर्ण नेपालीको प्रगतीको कामना गदै क्रिसमसको शुभकामना दिएका छन् ।