कभर स्टोरी

काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक भोलि बस्दै

By Bala Adhikari

December 28, 2017

काठमाडौं ,पुस १३ । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको वैठक शुक्रवार बस्ने भएको छ। नेपाली कांग्रेस केन्द्रीय समितिका अधिकांस केन्द्रीय नेताहरुले हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाच पछि सभापति देउवालाई केन्द्रीय कमिटको बैठक बोलाउन आब्हान तथा दवाव दिँदै आएका थिए ।

नेपालीकांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक शुक्रबारका लागि बोलाएका हुन् ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

पौडेलकाअनुसार प्रधानमन्त्री देउवा, महामन्त्री शशांक कोइरालालगायत पदाधिकारीको भेटपछि बैठकको मिति तय भएको हो। बैठकमा निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशबारे छलफल हुने बताइएको छ।

निर्वाचनमा काँग्रेसले स्थिति कमजोर भएपछि समिक्षाको लागि पार्टीका नेताहरुले केन्द्रीय  समितिको वैठक बोलाउन माग गरेका थिए। भोलि को केन्द्रीय सम्पादन समितिको बैठक पश्चात केन्द्रीय कमिट  को बैठक छिटै  बस्ने नेका का एक नेता बताउँछन् ।

वैठकले पार्टीका एजेण्डा र नीतिका बारेमा छलफल गर्न महासमिति वैठक वोलाउन पनि माग गरेका छन् । कतिपय नेताहरुले विशेष महाधिवेशनको समेत माग गरेका सन्दर्भमा यो वैठकलाई काँग्रेस कार्यकर्ताहरुले अर्थपूर्ण रुपमा लिएका छन्।