कभर स्टोरी

शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख एजेण्डा : प्रचण्ड

By Bala Adhikari

December 29, 2017

काठमाडौँ, पुस १४ । शान्ति, सुशासन र समृद्धि मुलुकको प्रमुख एजेण्डा भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाई छ ।

आज ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफुहरुले जनताका बीचमा गरेका स्थिरता, शान्ति, सुशासन र समृद्धिको प्रतिबद्धता मुलुकको मुख्य एजेण्डा भएको बताएका छन् ।

अब देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा अघि बढाउँने भन्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले चलाएको दश वर्षे जनयुद्ध पनि शान्तिका लागि थियो, सुशासनका लागि थियो, विकासका लागि थियो र अहिले हामी त्यही संकल्पमा नै रहेको बताए ।

राजनीतिक स्थायित्व र जनअपेक्षालाई सम्बोधन गर्न वाम गठबन्धन सफल रहने र त्यसका लागि नेकपा (माओवादी केन्द्र) प्रतिबद्ध भएर लागेको माओवादी प्रवक्ता पम्फा भुसालको भनाई छ ।