महोदय,
आदरणिय कमरेड के.पी.ओली ज्यू मा सादर नमस्कार !
बिगत दुई तिन बर्षदेखियताको तपाईंद्वारा अभ्यस्त बिचार, राष्ट्र र जनताका हितमा लिँदै आउनु भएको अडानलाई जनताले निर्वाचनको माध्यामबाट अनुमोदन गरीसकेका छन् । सात दशक भन्दा लामो नेपाल र नेपालीको प्रजातान्त्रीक अभ्यास हालसम्मनै निरर्थक सावित हुँदै आएको छ । लोकतन्त्र र खुल्लाबजार अर्थतन्त्रका नाममा देश र जनताले दिनदहाडै लुटिनु परेको उल्लेख गरी रहनु नपर्ला । मिश्रीत सरकारको अभ्यासमा तपाईं लगाएत तपाईंका पार्टीको समेत त्यती सन्तोषजनक कार्य ब्यावहार रहेन तथापी नितान्त तपाईंको प्रमुख भुमिकाका कारण फेरी पनि एक पल्ट एमालेलाई जनताले अनुमोदन गरेकाछन् । यस पटकको मौकालाई गुमाउनु हुनेछैन भन्ने विश्वास हामी सबैको हो । यसैकारण जीवनको अन्त्यपर्यन्त जीवीत रही रहने बिषय भनेको देश,जनता र समाजप्रति दिइएको योगदान मात्रै हुनेछ भन्नेमा दुईमत नरहला । यसर्थ उल्लेखित बिषय बुँदामा आधारीत रहेर कार्य गर्न सके असफलता सायदै हात लाग्ला ।
१, जनता परनिर्भर राजनैतिक ब्यावस्थाको अन्त्य चाहन्छन् । २, उत्पादनमुलक नितीको अवलम्बन गर्दै सम्पुर्ण देश र जनतालाई उपभोक्तावादी बिचारबाट विमुख गराउनुहोस् । ३, सरकारी कर्मचारीलाई हाकिम होईन जनता र राष्ट्रको सेवक हुँ भन्ने बनाएको जनता हेर्न चाहन्छन् । ४, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवारण आयोगमा पुनर्जिवित गराउनुहोस् । ता की सो आयोग आफैमा कार्यकारी निकाय बन्न सकोस् । ५, ऐन कानुनमा उल्लेख भएका तर , पनि , अनि , अथवा, वा , भन्ने वाक्यको अन्त्य होस् । ता की कानुनी छिद्र पहिल्याएर अभियुक्त वा अपराधीले खेल्ने र उम्कने सम्मको मौका नपाओस् । ६, देशका ठुला आयोजना सञ्चालनार्थ ब्यावधान सावित भएका सम्पुर्ण ऐन कानुन समयमै संसोधन गरियोस् । ७, अकुत सम्पत्ती आर्जन गरेका र श्रोत खुलाउन नसकेकालाई मन्त्री र सांसद नबनाइयोस् । ८, मन्त्री बन्नु अघि मन्त्रालय सुधारका खाका सहित निश्चित समयावधी भित्र मन्त्रालय र मातहतका विभागहरुलाई परिणाममुलक बनाउन नसक्नेलाई स्वतः हट्ने अग्रिम कवुल गराईयोस् । ९, कुनैपनि संबैधानिक निकाय र संस्थानहरुमा निर्देशक , अध्यक्ष , र प्रमुख जस्ता पदमा राजनैतिक नियुक्ती भै जानेहरुलाई एक बर्षको परिक्षणकाल घोषणा गरी सो अवधी भित्र परिमाणात्मक सुधार ल्याउन नसके स्वतहः बर्खास्त हुने अग्रिम सहिछाप गराएर मात्र नियुक्त गरियोस् । १०, पार्टी र सम्बन्धका आधारमा भन्दा पेशा र योग्यताका आधारमा यस्ता नियुक्तीहरु पुरा गरियोस् । ता की भविष्यमा नियुक्तीप्रति पछुताउनु नपरोस् । ११, आर्थिक पारदर्शिता प्रदर्शन गर्न नसक्ने प्रमुखहरुप्रति राज्य कठोर निर्णय गर्न पछि नपरोस् । १२, भ्रष्ट सावित भएकाहरुको पैत्रिक सम्पती बाहेक अन्य सर्वस्वहरण र आजन्म कैदको कानुनी ब्यावस्था गरियोस् । किन की यि ज्यामारा मात्र होईनन् देशमारा नै हुन् । १३, जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डको कानुनी ब्यावस्था होस् । १४, देशमा आर्थिक अपराधीहरु धेरै भएका कारण सम्पत्ती र धन दौलत भुमिगत भए र देशमा मुद्रासंकट निम्तिएकोछ यसको निराकरणका लागी नोटबन्दी सम्मको कठोर भुमिकामा आगामी सरकार अग्रसर होस् । १५, देश भित्रको कुनैपनि एकाधिकारको अन्त्य भएको हेर्न जनता चाहन्छन् । १६, प्रकृति र पर्यावरणको नष्ट गर्ने र ब्यापार गर्ने माथी कडा निगरानी राखियोस् । १७, राज्यले सन्तुलन र नियमनकारी भुमिकामा आफुलाई बलियो बनाउँदै लैजाओस् । १८, बिक्री भएका संस्थानहरु तत्काल फिर्ता गरियोस् र बन्द भएकाहरु पुनः सञ्चालन होउन् । १९, सेना र प्रहरी जस्ता अति संबेदनशील अङ्गहरुलाई राजनितीकरण हुनबाट मुक्त गराईयोस् । २०, अदालत र न्यायलय जस्तो अति संबेदनशील संस्थालाई राजनैतिकरण हुनबाट मुक्त गराईयोस् । २१, संसद सरकार भङ्ग गर्ने र बनाउने गणितीय थलो नभएर कानुन बनाउने थलो बनोस् । २२, जातिय , धार्मिक , क्षेत्रिय र लैंङ्गीक भन्दा वर्गिय समावेशीलाई बल पुर्याइयोस् । २३, शिक्षा , न्याय र सुरक्षाको क्षेत्रमा काम गर्नेलाई राजनैतिक गन्धबाट मुक्त गराईयोस् । २४, सञ्चारलाई ब्यक्तिगत प्रयोजनार्थ नभई सार्वजनिक भुमिका प्रदर्शन गर्नतर्फ उन्मुख गराईयोस् । २५, ट्रेड युनियनका स्वेच्छाचारी गतिबिधीका कारण आर्थिक र व्यवसायिक क्षेत्र तहस् नहस् भएका छन् । यस्ता निकायहरुलाई सम्भवतः खारेज गरियोस् । २६, शिक्षालयको कुनैपनि युनियनहरु मन्दबिष समान देखिए यसको समेत उचित ब्यावस्थापन होस् । २७, निजी भन्दा सामुदायिक र सरकारी शिक्षालयलाई अतिशिघ्र सवल बनाईयोस् । २८, निजी शिक्षालयको शुल्क सरकारलेनै निर्धारण गरोस् । २९, दैविक प्रकोप पिडीतको शिघ्रातिशिघ्र सरकारले ब्यावस्थापन गरोस् । ३०, सरकारी केटा र अनुदानको सहि सदुपयोग होस् । ३१, उत्पादनमुलक क्षेत्रका लागी मात्र दात्री निकायको ऋण र अनुदान स्विकार गरियोस् । ३२, युवाका लागी स्वदेशी होस् वा बिदेशी रोजगारी सरकारले नै तय गरोस् । ३३, बृद्वकालागी सम्मानजनक सामाजिक सुरक्षा प्रदान गरियोस् । ३४, शहरीकरणका नाममा कृषि योग्य जमिन खण्डीकृत भएको छ । आगामी आवासको ब्यावस्थापन समेत सरकारबाट नै होस् भन्ने जनता चाहन्छन् । ३५, भुकम्प र दैवि पिडीतका लागी आगामी सरकारले थप संबोधन गरोस् । ३६, आज सम्म देश मुकदर्शि देव श्री पशुपतिनाथले चलाएका रहेछन् । अब चलाउने जिम्मा जनताले तपाईंलाई लगाएका छन् । ३७, तपाईं सरकारमा बस्नोस् वा प्रतिपक्षमा सिङ्गो मुलुकको आधा भन्दा बढी जनताले तपाईंमाथी भरोसा गरेका छन् । त्यसैले जनताको विश्वासबाट बिमुख नहुनुहोस् । ३८, शरिर र आकारधारी जिव वा अन्य चिज बस्तुको अन्त्य अवस्वंभावी छ । शरिरको रुपान्तरण भएता पनि बिचार र उचित कार्यको समाजले अन्त्य पर्यन्त स्वीकार र प्रसंशा गरी नै रहनेछ । अस्तु !