आर्थिक

आर्थिक विकासमा सुनचाँदीको उल्लेखनीय भुमिका

By Bala Adhikari

January 01, 2018

काठमाडौँ, पुस १७ । काठमाडौँ सुनचाँदी व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा सम्पन्न भएको छ । सो समारोहमा बोल्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् । उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताएका छन् । “प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ,”– उनले भने ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुुनचाँदी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

रक्षामन्त्रीभीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताएका छन् । राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्छौं– उनले भने । राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको बताएका छन् ।