कभर स्टोरी

पृथ्वी जयन्तीको अवसरमा पुनः सार्वजनिक विदा दिने निर्णय

By Bala Adhikari

January 07, 2018

काठमाडौँ, पुष २३ । सरकारले पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुष २७ गते बिहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दोस्रो जनआन्दोलन २०६२ र ६३ पछि बनेको सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिँदै आइरहेको सार्वजानिक बिदालाई कटौती गरेको थियो । सरकारले झण्डै ११ बर्ष पछि फेरी पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस अघि पटक पटक नागरिक समाज तथा विभिन्न क्षेत्रबाट सार्वजनिक विदा दिन दवाव दिँदै आएपनि सरकारी तवरबाट विदा दिने गरिएको थिएन । अहिले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पुनः पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक सूचना जारी गर्दै गृहमन्त्रालयले विदाका दिन मूलुकभरका सरकारी कार्यालय विदेश स्थित कुटनीतिक नियोगहरु बन्द रहने जनाएको छ । पृथ्वीनारायण शाहले भौगोलिक रुपमा तत्कालीन नेपाललाई एकीकरण गरेको सम्झनामा एकता दिवस मनाइँदै मनाइएको हो ।