काठमाडौं, पुष २४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा २ सय ५० ग्राम सुन संकलन गर्दै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् ।
झापाको पृथ्वीनगर घर भएका ४९ वर्षीय काजिमान बि.क.लाई प्रहरीले पक्राउ गरेको हो ।
शनिबार कतार एयरको उडानद्धारा काठमाडौँ आगमन भएका वि.क.ले सोही एयरबाट आएका अन्य यात्रुहरुसंग संकलन गर्दै गरेको अवस्थामा उक्त परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो ।