कभर स्टोरी

फेसबुक एप्समा व्यापक परिवर्तन हुने, जानिराख्नुस के के परिवर्तन हुँदैछ

By Bala Adhikari

January 12, 2018

काठमाडौं, पुष २८ । फेसबुक एपमा परिवर्तन हुन लागेको छ । समाचार, व्यापार, ब्राण्ड तथा मिडिया सम्बन्धी फिडको मामलामा परिवर्तन गर्ने तयारी थालिएको फेसबुकका प्रमुख मार्क जुकरवर्गले आफ्नो फेसबुक वाल मार्फत  जानकारी गराएका छन् ।

उनका अनुसार फेसबुकमाथि परिवारका सदस्यबीच तथा साथीहरुबीचको संवादलाई बढावा दिने सामाग्रीलाई प्राथमिकता दिइने छ । फेसबुकको माध्मबाट आफ्नो पोस्ट धेरै भन्दा धेरै मानिसमा पुराउने समाचार, व्यापारिक विषयवस्तुको लोकप्रियतामा कमी आउनसक्ने जनाएको छ । फेसबुकको यो परिवर्तन आगामी हप्तादेखि देखिने छ ।

– एजेन्सी