विदेश

बिधान सम्मत रुपबाट अगाडि बढ्न सबैमा अनुरोध

By Bala Adhikari

January 15, 2018

लोकसत्ता सम्वाददाता, क्यानडा

जनवरी १४, २०१८

निवर्तमान सांसद तथा नेपाली कांग्रेस ललितपुर जिल्ला पार्टि सभापति मदन अमात्यले स्वार्थी मनोबृत्ति लाई बाहिर राखेर ब्यक्तिलाई हेरेर भन्दा प्रजातान्त्रिक आचरणको बिकाश गरेर अगाडी बढे मात्र संगठन बलियो हुने कुरा बताउनु भएको छ ।

उहांले उक्त कुरा हिजो शनिवार टोरोन्टोको स्कारब्रोमा नेपाली जनसम्पर्क समिति क्यानडाले उहांको सम्मानमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । साथै उहांले प्रजातन्त्रमा ब्यक्ति गौण हुने हुनाले बिपरित आचरण लाई समेत छाडेर साना तिना कुराहरुमा समय खेर नफालिकन सिद्धान्त प्रति उत्तरदायि हुदै संगठनलाई बलियो बनाई अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको छ । साथै उहांले नेपाली जनसंम्पर्क समिति क्यानडाले छिट्टै गर्न लागेको अधिबेशनको सफलताको शुभकामना दिदै सबैलाई समेटेर बिधान सम्मत रुपबाट अगाडि बढ्न सबैमा अनुरोध गर्नु भएको छ ।

क्यानडामा प्रजातान्त्रिक बिचार बोक्ने दुई समूह बिच भएको असमझदारी बिबादमा अझै एकता हुन सकेको छैन भने संथापन पक्षले अधिबेशन गर्नका लागि सदस्यता समिति गठन गरि अगाडि बढि सकेको छ । यस्तो अबस्थामा अब हुने भनेको अधिवेशन कसरी अगाडि बढ्छ त्यो भने हेर्न बाकिं छ ।

कार्यक्रम नेपाली जनसम्पर्क समितिका क्यानडाका बरिष्ठ उपसभापति सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।