दुबर्ईमा सरकारी अधिकारीले एक बेलायती नागरिकलाई कथित ‘आक्रामक व्यवहार’का कारण गिरफ्तार गरेका छन् । बेलायती नागरिक जामिल अहमद मुकद्दमको दोष यो थियो कि, उनले आफ्ना ड्राइभरलाई औंला देखाएका थिए ।
यदि मुकद्दम दोषी ठहराइ भने उनलाई जेल सजाय हुन सक्छ । यसमा कुनै शंका छैन कि मुकद्दम यो हालतबाट बच्न सक्थे, यदि उनलाई दुबईको कानून थाहा हुन्थ्यो भने । दुबईमा भद्दा इशाराले पनि जानुपर्ने हुनसक्छ । संयुक्त अरब ईमिरेट्स (यूएई) तथा खास गरेर दुबईमा केही अरु यस्ता पनि कानून तथा नियम छन्, जसलाई पालना गर्नु जरुरी हुन्छ ।
दुबई जाने व्यक्तिले यी १० नियम पालना गर्नु जरुरी हुन्छ,
– भद्दा इशारा नगर्नुहोस् – अविवाहित पुरुष तथा महिला होटेलको एकै कोठमा बस्न पाउँदैनन् – विवाह नगरी सेक्स गर्न पाइँदैन – सार्वजनिक स्थानमा चुम्बन गर्न पाइँदैन – पुरुषले महिलाका तथा महिलाले पुरुषका कपडा लगाउन पाउँदैनन् । भित्री शरीर देखिने पारदर्शी लुगा पनि लगाउन पाइँदैन – सोशल मिडियामा अपमानजनक भाषामा पोस्ट गर्न पाइँदैन – समलैङ्गिकतासँग बच्नुपर्ने हुन्छ – सडक तथा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न पाइँदैन – रमजान ९मुस्लिमहरुको पर्व०का बेला सार्वजनिक ठाउँमा रोजामा बसेका व्यक्तिका अगाडि भोजन गर्न तथा धुम्रपान गर्न मनाही छ – विना अनुमति कुनै पनि महिलाको तस्बिर खिच्न पाइँदैन ।