शिक्षा

कामदारका बालबालिकालाई उद्योगमै औपचारिक शिक्षा

By Bala Adhikari

June 09, 2017

पथरी, मोरङमा रहेको इँट्टा उद्योगमा कार्यरत कामदारहरुका बालबालिकाहरुलाई बालविकास केन्द्रले औपचारिक शिक्षा प्रदान गरेको छ । सो उद्योगमा कार्यरत कामदारका १४१ बालबालिकाहरुले औपचारिक शिक्षा लिएका छन् । बेटर ब्रिक–नेपाल परियोजनाले दर्वेसास्थित आनन्द इँट्टा र मोतिपुरको ‘५५५ इँट्टा उद्योग’ मा कार्यरत कामदारका बालबालिकाले शिक्षा लिएका हुन् । परियोजनाका फिल्ड कोर्डिनेटर सुनिता ताम्राकारका अनुसार जिल्लाको बहुसंख्यक इँट्टा उद्योगमा कार्यरत ९० प्रतिशत भारतबाट आएका कामदार र बाँकी १० प्रतिशत मात्र नेपाली कामदारहरु सो उद्योगमा कार्यरत छन् । भाषाको कारण बङ्गाली शिक्षक नपाएको र जसको कारण स–साना बालबालिका शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था सृजना भएको उहाँको भनाई रहेको छ । सो उद्योगमा कामदारको रुपमा ३१० पुरुष, २०३ महिला र ३७ जना किशोर अवस्थाका कामदारहरुले काम गर्दै आएको परियोजनाले जानकारी दिएको छ ।