शिक्षा

शिक्षा क्षेत्रको सुधारका लागि ३७ बुँदे प्रतिबद्धता

By Bala Adhikari

June 09, 2017

बैतडी, २५ जेठ । शिक्षा क्षेत्रको गुणस्तरमा सुधार ल्याउनका लागि ३७ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न बैतडीको ज्ञानेश्वर माविमा आयोजित कार्यक्रममा जिशिअ लालसिंह टेरले उक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सार्वजनिक उक्त प्रतिबद्धता पत्रमा ‘विद्यालय शान्ति क्षेत्र’ कार्यक्रमलाई प्रभावकारी बनाइने, सामुदायिक विद्यालयको सिकाइ उपलब्धिमा वृद्धि गर्ने, परीक्षा प्रणालीमा सुधार ल्याइने, विद्यालयमा प्राप्त स्रोतको समुचित प्रयोग गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाइने, सबै बालबालिकाको विद्यालयमा पहुँच पु¥याइने लगायत प्रतिवद्धताहरु उल्लेख गरिएका छन् । यसैगरी निःशुल्क पाठ्यपुस्तक समयमै पु¥याउने, शिक्षण सिकाइलाई प्रभावकारी बनाउने लगायत बुँदाहरु पत्रमा समेटिएका छन् । शैक्षिक गुणस्तर सुधारका लागि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गुणस्तरमा सुधार ल्याउन पहल भइरहेको क्षेत्रीय शिक्षा निर्देशक लालजङ्ग चौहानले बताए । सामुदायिक विद्यालयको सुधारका लागि समुदायले पहल गर्नुपर्ने र राज्यले प्रदान गरेका स्रोतको सही सदुपयोग गरिनुपर्ने उनको धारणा छ ।