कभर स्टोरी

यातायात क्षेत्रको विकास भए सबै कुराको विकास  हुँदै जाने : पूर्वप्रम नेपाल

By Bala Adhikari

January 25, 2018

काठमाडौँ, माघ ११ । मुलुकको विकासका लागि यातायात क्षेत्रको विकास हुन आवश्यक रहेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

आज कान्तिपुर यातायात व्यवसायी संघद्वारा आयोजित  ‘नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै उनले यातायात क्षेत्रको विकास भएमा सबै कुराको विकास क्रमशः हुँदै जाने बताए ।

उनले सहज यातायात सेवा विस्तारका लागि हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग र विभिन्न करिडोरलाई प्राथमिकता दिनुपर्ने आवश्यकता रहेको बताए ।

संघका अध्यक्ष हरिशरण केसीले मुलुकमा सहज यातायात सेवा विस्तारका लागि पूर्वाधारको विकास हुनुपर्ने भन्दै यातायात क्षेत्रभित्रकै माफियाका कारण यो क्षेत्र ध्वस्त हुँदै जान थालेको बिचार व्यक्त गरे ।

उक्त  अवसरमा संघले यातायात व्यवसायी राष्ट्रिय महासंघका पूर्वअध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, संघका संस्थापक अध्यक्ष एवं महासंघका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी र संघका सदस्य सिमोन खत्रीलाई सुनको तक्माबाट सम्मान गरेको  थियो ।