कभर स्टोरी

महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउने यन्त्र उपलब्ध

By Bala Adhikari

January 28, 2018

कञ्चनपुर, माघ १४ । सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई शनिबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन उपलब्ध गराएको छ ।

अस्पतालले अत्याधुनिक यन्त्रको अभावमा क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आइरहेको थियो ।

पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो, अस्पालका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले भने मेशिन आएपछि दुई घण्टामै क्षय रोग भए/नभएको पत्ता लगाई बिरामीको उपचार तत्काल शुरु गर्न सकिन्छ । अस्पतालले यन्त्रबाट क्षयरोग परीक्षण निःशुल्क रुपमा गर्ने बताइएको छ ।