कभर स्टोरी

सातजना फुटबलप्रेमीको हत्या

By Bala Adhikari

January 28, 2018

मेक्सिको,  माघ १४ । मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ ।

अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो ।देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो ।

टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए । फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।

पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ । सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो । तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन ।

एएफपी