बनेपा, माघ १५ । काभ्रेपलाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका पाउजु, सिक्री, ताज मुकुट लगायतका गरगहना चोरी भएको छ ।
गएराति मन्दिरबाट उक्त गरगहना चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिनुभयो । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान गरिएको छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ ।
उक्त मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउने गर्दछन् । आज बिहान भक्तजनले त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्