आर्थिक

सिद्धार्थ बैंक म्याग्दी शाखाद्वारा आश्रमलाई आर्थिक सहयोग

By Bala Adhikari

February 05, 2018

म्याग्दी, माघ २२ । सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ ।

बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गरेका हुन ।

बैंकका बेनी शाखा प्रमुख गणेश पाठकका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बताए । वित्तीय कारोबार बाहेक सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उनले जानकारी गराए ।