- रुबिना गौतम
काठमाडौँ, माघ २५ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा हिमाल के.सी ले फेरी अर्को एक रोमान्चक गीत बजारमा ल्याएका छन् ।
उनले अहिले बिन्ध्याबासिनी म्युजिक प्रालि मार्फत “बिग्रिएका केटा केटि” बोलको गीत बजारमा ल्याएका हुन् । हिमालको प्रस्तुतिमा बजारमा आएको सो गीतमा हिमाल के.सी र मनु थामीको सुमधुर स्वर रहेको छ ।
यस गीतमा लय शब्द काँठ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएका गायक उद्धब घिमिरेको रहेको छ । अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, त्यसैले यस्तै पेरिफेरीमा रहेर तयार पारिएको यस गीतको म्युजिक भिडियो पनि निकै दमदार बनेको छ ।
बिन्ध्याबासिनी म्युजिक प्रालिको युट्युब च्यानल मार्फत प्रकासनमा ल्याइएको उक्त भिडियोमा शंकर बि.सी र करिश्मा ढकालको जोडदार नृत्य सहितको अभिनय प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेल र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।