काठमाडौं, माघ २६ । ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरियामा रहदा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग द्विपक्षीय वार्ता नगर्ने स्पष्ट गरेका छन् ।
दक्षिण कोरियामा भेटवार्ताका सम्बन्धमा कुनै पूर्व तयारी र सम्भावना पनि नरहेको उत्तर कोरियाले स्पष्ट गरेको बताइएको हो । शुक्रबारदेखि दक्षिण कोरियामा सुरुहुन लागेको शीतकालीन ओलम्पिक खेलकूदकका लागि उत्तर कोरियाका उच्च सरकारी अधिकारी त्यहाँ गएका छन् ।
यस खेलकूदमा चीन र अमेरिकी राष्ट्रपतिहरुले पनि आफ्ना प्रतिनिधि पठाउने भएका छन् । यस क्रममा ती देशका प्रतिनिधिहरुसँग उत्तर कोरियाली अधिकारीले पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको थियो ।
तर पनि सो सम्भावनालाई उत्तर कोरियाले नकारेको समाचारमा जनाइएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयलाई उद्धृतगर्दै यहाँको एक दैनिक पत्रिकाले भनेको छ– उत्तर कोरियाले अमेरिकासँग भेटवार्ता गर्ने कुनै पनि सम्भावना छैन, त्यो तयारी पनि हामीले गरेका छैनौँ ।