काठमाडौं, फागुन ४ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो बिहीबार पदबाट राजीनामा दिएपछि आज बालुवाटारस्थित सरकारी निवास छाड्दैछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त भएपछि प्रधानमन्त्री देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी गराएका छन् । २०७३ जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए ।