काठमाडौँ, फागुन ४ । आफूले नियुक्ति र शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका प्रधानमन्त्री केपी ओलीले तत्काल मन्त्रीमण्डल विस्तार नगर्ने भएका छन् ।
बिहीबारै माओवादीलाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल गठन गर्ने योजना भए पनि अन्तिममा आएर सो तयारी रद्द भएको थियो ।
माओवादीसँगको पार्टी एकताको टुङ्गो नलाग्नु र एमालेभित्रकै माधव नेपाल समूहको चित्त बुझाउनुपर्ने भएकाले ओलीलाई तत्काल मन्त्रिपरिषद विस्तार गर्न त्यति सहज नभएको जानकारहको भनाइ छ । तत्काल मन्त्रीमण्डल विस्तारको कुनै तयारी नभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
‘प्रधानमन्त्रीको शुक्रबार दिनभर बाहिर जाने कार्यक्रम पनि छैन, पार्टीसँगको छलफल पनि तय भएको नभएको र आज बधाई तथा शुभकामनाको मात्रै कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।