काठमाडौँ, फागुन ६ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्दै छन् ।
प्रधानमन्त्री ओली अपराह्न ४ बजेको साइतमा सरकारी निवास सर्ने तयारीमा रहेका प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ । वालुवाटारमा नवनियुक्त प्रधानमन्त्रीको स्वागतको तयारी पुरा भइसकेको छ ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार नै प्रधानमन्त्री निवास बालुवाटार छाडिसकेका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गत विहिवार नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।