विदेश

ज्ञातअज्ञात शहीदको सम्झनामा क्यानडामा राष्ट्रिय प्रजातन्त्र दिवस

By Bala Adhikari

February 19, 2018

काठमाडौँ, फागुन ७ । क्यानडाको ओटवास्थित नेपाली राजदूतावासमा ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक कार्यक्रमको आयोजना गरिएको छ ।

त्यस अवसरमा क्यानडाका लागि नेपाली राजदूत कालीप्रसाद पोखरेलले प्रजातन्त्र प्राप्तिको लडाइँमा प्राण उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै क्यानडासँग नेपालको व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका साथै पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउनका लागि आफु सक्रिय भएर लागेको बताए ।

क्यानडामा रहेका नेपालीहरुको संस्थाका प्रतिनिधि प्रभाकर रेग्मीले क्यानडामा गैरआवासीय नेपाली संघले नेपाली भाषा, साहित्य, कलाको प्रवद्र्धनका लागि बालबालिकालाई नेपाली भाषा पठनपाठनको व्यवस्था गरिएको जनाए ।

कार्यक्रमको प्रारम्भमा नेपालका राष्ट्रिय झण्डा फहराउनाका साथै राष्ट्रिय धुन बजाइएको थियो भने ज्ञातअज्ञा शहीदको सम्झनामा एक मिनेट मौनधारण पनि गरिएको थियो ।