समाचार

शाखा प्रबन्धकको अभावमा सेवाग्राही मर्कामा

By Bala Adhikari

February 23, 2018

डोल्पा, फागुन ११ । सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

उक्त बैंकमा प्रबन्धकको अभावमा दुई महिनादेखि सेवाग्राही मर्कामा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।

दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन, निमित्त प्रमुख जीवराज बमले भने प्रबन्धक नहुँदा कर्जा लगानी रोकिएको छ, धितो मूल्याङ्कन पनि हुन सकेको छैन, कर्जा लिनका लागि दैनिक सातदेखि १० जनासम्म सेवाग्राही आउने गरेका छन्, सबैलाई हाकिम आउनुभएको छैन भनेर फर्काउने गरेको उनले बताए ।

त्रिपुरा सुन्दरी नगरपालिका–१ का हरिचन्द्र विष्टले पुसयता कर्जा लिन भन्दै छ पटक बैंक पुगेपनि काम हुन नसकेको बताए । डोल्पामा अहिलेसम्म रु आठ करोड ४१ लाख रकम लगानी गरिएको कृषि विकास बैंकले बताएको छ ।