आज सबै इजलासमा पत्रकारहरुलाई सर्वोच्च अदालतले प्रवेशमा रोक लगाएको छ । राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालत प्रशासनले इजलासका पत्रकारलाई लगाइएको रोकको आधिकारिक कारण भने खुलाएको छैन । अदालत परिसरमा खटिएका सुरक्षाकर्मीले माथिको आदेश भन्दै पत्रकारलाई इजलास प्रवेशमा रोक लगाएका छन् । यसअघिसर्वोच्च अदालतले दिएको विशेष पास देखाएर इजलासमा पत्रकारहरु सहज रुपमा जान सकिन्थ्यो ।