खेलकुद

जिम्बाम्बेसँग नेपाल ११६ रनले पराजित

By Bala Adhikari

March 04, 2018

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावे विरुद्धको खेलमा नेपाल ११६ रनले पराजित भएको छ। जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनायो। लागि मध्यक्रमका ब्याट्सम्यान सरद भेषवाकर र आरिफ शेखले अर्धशतक प्रहार गर्दै टिमलाई फराकिलो हारबाट बचाए। आरिफले ५९ बलमा ५ चौकासहित ५० रन बनाए।

शरद भेषावकरले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ३७ ओभरको तेस्रो बलमा ५० रन पूरा गरेका हुन्। उनले ४३ बल खेल्दा ६ चौका र १ छक्का प्रहार गरेका छन्। शरद भेषावकर ५२ रनमा आउट भए। नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा आउट हुँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे। पारसले ३७ बल खेल्दा ८ चौका प्रहार गरेका थिए।

दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे । नेपालका लागि रोहितकुमार पौडेलले ३० रनको योगदान गरे।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रन जोडेको थियो।

घरेलुटोलीका लाग २ ब्याट्सम्यानले नेपालविरूद्ध शतक प्रहार गरेका थिए। सिकान्दर राजाले १ सय २३ रन जोडे भने सिकन्दरले ब्रेन्डर टेलर १०० रन जोडे। आक्रमक सुरुवात गरेको जिम्बावेले ७ ओभरमै ७७ रन जोडेको थियो। सन्दीप लामिछानेले ओपनर चेपास जुआओलाई ८ ओभरको पहिलो बलमा ४१ रनमा आउट गरेका थिए। चेपासले २३ बल खेल्दै ४१ रन जोडेका थिए। हामिल्टन मासाकाट्जाले १७, तथा ओपनर सोलोमन मिरेले ५२ रन जोडेका थिए। यस्तै क्राइग इर्भिनलाई ४२ रन बनाए।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले पनि एक विकेट लिए।