काठमाडौँ, फागुन २४ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल आज स्कटल्याण्डसँग खेल्दैछ ।
उक्त खेल जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा हुनेछ । चार वर्षअघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो ।
यही फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ ।
चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एकऔएक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । नेपाल र स्कटल्यान्डबीचको खेल आज दिउसो १ः१५ बजे सुरु हुँदैछ ।